सलह झुन्ड (Locust swarm)

सलह किरा अफ्रिकाबाट सन् २००३ (बि.स.२०६०)सालमा उत्पती भएको दाबी गरिएको छ। अर्थात आज भन्दा १६ बर्ष  अगाडिको कुरा हो। यो निकै नै पुरानो प्रवासी (Migratory) शत्रु जीव हो। अनटारटिका र उत्तर अमेरिका बाहेक सबै जसो महादेशमा यो बिपती फैलिएको पाइएको छ। ती मध्ये अष्ट्रेलियामा फैलिएको सलहलाई अष्ट्रेलियन पलेगु लोकषट भनेर चिनिन्छ। (Australian plague locust) भने अमेरिकामा फैलिएको किरालाई अमेरिकन लोकषट भनिन्छ,(American Locust) तर यो सलहले झुन्ड प्रकारको ब्यवहार देखाउदैन्‌। सबैभन्दा हानिकारक सलह भनेर मरुभूमिको सलह(Schistocera gregaria) लाई चिनिन्छ। जुन अहिले पनि धेरै ठाउँहरूमा फैलिएर बालीनालीहरुलाई आघात बिनाश फैलाइरहेको छ। 
यो किरा पाकिस्तान हुदै हाम्रो छिमेकी मुलुक भारत सम्म आइपुगेको सलह किरा (२०१८) सालमा साउदी अरब नजिकै को अरेबियन पेनिनसुलामा दुई ठूला साइकलोनले भारी बर्षा गराएपछि प्रजनन् गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन् गरेर यिनीहरूले आफ्नो सङ्ख्या (८००) आठ सय गुणाले बढाएका थिए ‌। नजिकैको एमन र ओमनले त्यतिबेला खाध संङकटमा जुधिरहेकाले उनीहरू यस किरालाई प्रोटिनको रुपमा प्रयोग गरेर रेड सि र गल्फ अफ इडेनलाई पार गरी अफ्रिका पुगेको मानिन्छ। सन् २०१९ मा अफ्रिकाको सोमालियामा साइकलोनका कारण भारि बर्षा भएको हुनाले त्यहाँको माटो ओसिलो र वातावरण हरियाली भयो जसले यो किरा को प्रजनन् छमता र दर बढायो र केन्या सम्म सन् २०२० को पहिलो महिनामा पुगयो जहाँको बर्षा र चिसो माटोले यसको जनसंख्या बढाएको समेत देखिन्छ।

सलह किराको बानीबयोहोरा बारे के कस्ता देखिन्छ भने उक्त किराको सङ्ख्या सुरुमा कम हुने गर्दछ। तर लगातार बर्षा र हिमपातका कारण उक्त ठाउँ चिसिएर (अण्डाबाट निस्किन उपयुक्त वातावरण)(favourable environment) सलह किराको प्रजनन् दर तिब्र गतिमा(Breeding rate) देखेको पाइन्छ। हरेक पटकको प्रजनन् मा यो किरा २० फोल्ड सम्म सङसगै नया पुस्ता २० गुणा ठूलो हुने र यस किराको बाँच्ने दर समेत ३-५ महिना जति हुने गर्दछ जुन वातावरणमा भर पर्दछ। यसका साथसाथै उमेर सगङै पछाडिको खुट्टामा स्पर्ष उतेजनाको कारणले गर्दा सेरोटोनिन (Serotonin hormone) हार्मोनको मात्रा बढेर सलह किराको रङ्ग, आहारा र प्रजनन् मा फरकपना देखिन्छ, २०-४० दिन सम्मको किरालाई होपर भनिन्छ र यसका पँखेटा पनि आइसकेको हुदैन। यो किरालाई नियन्त्रण गर्ने उपयुक्त समय मानिन्छ र यसको रङ्ग हरियो हुन्छ। त्यसपछि हरियो देखि खैरो र गुलाबी हुदै पहेँलो रंङग हुन्छन् जुन अवस्थामा यसको नियन्त्रण गर्न लगभग एकदम कठिन मात्रै नभएर असम्भव हुन जान्छ। यी किराहरु समुह बनाएर झुन्ड रुप लिइ बसाईसराँइ गर्न थाल्दछन्। किराहरु धेरै जसो सुस्त गतिमा हावा चलेकै दिशा र कम चाँप हुने ठाउँमा उड्ने गर्दछन्। झुन्डमा स-साना पखेँटाबिहिन निमफहरु (Nymph) र बलिया वयस्कहरु पनि हुने गर्दछन्। यी सबै मिलेर बालीनालीलाई आघात किसिमले नष्ट पार्दछन्। सामान्यता एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ। एक वर्ग किलोमीटर क्षेत्रफलमा ८० लाख सम्म किराहरु हुनसक्ने समेत प्रमाण पुष्टि भएको छ भने यी किराहरु दैनिक ९० माइल (१५०) किलोमीटर सम्मको दुरी पार गर्न समेत अनुमान गरिएको छ। एकदिनमा यो किराले करिब पैंतिस हजार मान्छे बराबरको खाना खान सक्ने र जुनको महिनामा यो बढेर १,७५००,००० पुग्ने अनुमान समेत गरिएको छ। प्राचिन समयमा इजिप्टियनहरुले आफ्ना पुस्तकहरुमा यस किरा सम्बन्धि कुराहरु उल्लेख गरेका छन्। मुख्यतः कृषि पद्दतिमा र बालाीनालीको राम्रो निगरानी हुन् नसक्दा यी किराहरु उत्पन्न भए कि भन्ने कुराहरू आशङ्का गरिएका छन्। पहिले पहिले माटो तथा हावाका माध्यमबाट विषादी प्रयोग गरेर किराहरु मार्ने गरेको पाइन्थ्यो र २० औँ शताब्दी तिर सलह किराको झुन्ड रुप बढदै गएको पुष्टि समेत गरिएको थियो।

हरेक १० बर्षमा सोलार कृयाकलाप कम हुने र यसबाट आउने कजिमक रे (Cosmic ray) ले किरा तथा भाइरसको जिवन चक्रमा केही फरकपना ल्याउने कुरा पनि कहिँ कतै भेटिएको पाइन्छ। १०० बर्षमा २०२० को सोलार (activity) सबभन्दा कम रेकड गरिएको छ। जलवायु परिवर्तन जस्ता विभिन्न मानविय कृयाकलापहरुले गर्दा पनि यो समस्या आएको हो र यसको जैविक तबरबाट चाँडै यस किराको व्यवस्थापन गरिनुपर्दछ। अफ्रिका हुदै इजिप्ट, जोर्डन र इजरायल जस्ता देशहरूमा लामो समयसम्म यस किराको निकै प्रकोप देखिएको थियो भने यसले झण्डै २.५ लाख अमेरिकी डलर बराबरको हानि नोक्सानी पुर्याएको थियो। FAO ले अफ्रिकामा सलह किरा व्यवस्थापनलाई सुरु गरेको कार्यक्रममा अरबौंको लगानि गर्दा पनि यो वर्ष अफ्रिकामा ५ करोड मान्छे सङकटमा पर्ने कुरा जनाएको छ। यो किरा ईरान हुदै पाकिस्तान र हाम्रो छिमेकी मुलुक भारतमा आइसकेको केहिसमय अगाडि प्रमाण पुष्टि समेत अनुमान गरिएको थियो। दुर्भाग्यवश उक्त किरा आज छिमेकी मुलुक भारत हुदै हाम्रो नेपालकोे तराई भूभागका बारा जिल्ला लगायत पर्सा, रौतहट र सर्लाही देखा परिसकेका छन्। तसर्थ उक्त किराको रोकथाम र तह लगाउन सम्बन्धित कृषि बिज्ञ र अन्तर्राष्ट्रिय स्तरका बिज्ञको आकस्मिक सर्बदलीय टोली गठन गरि-गराई समयअवधि भित्रै अर्को जिल्लामा उक्त किरा प्रवेश नहुने गरि अबिलम्ब समस्याको समाधान गरिदिनुहुन सम्बन्धित निकायहरुको ध्यानाकर्षण होस्।
  
सलह किराको प्रकोपलाई  कम गर्नको निम्ति विभिन्न पहलहरु सम्बन्धित कृषि निकायको निगरानीमा एकजुट भएर अघि बढाइसकेका छन्। 
१) विभिन्न उपकरणको माध्यमबाट थोरै मात्रामा (Organo phosphate) रासायनहरुको प्रयोग गर्न सकिन्छ।
२) उक्त किरा भएको ठाउँमा आगो बालेर देखाउने, जाल लगाउने, ताबला बजाउने,  खाँडल खनी हाल्ने आदि विधिबाट किराको सङ्ख्या न्युन गर्न सकिन्छ।
३) किरा प्रजनन् गर्न सक्ने ओषिलो ठाउँलाई कुनै रासायनिक पदार्थ वा घरेलु विधिबाट नष्ट गर्न सकिन्छ।
४)  हुललाई तितरवितर पार्ने,
५) प्राकृतिक सिकारीको प्रयोग गर्ने, उदाहरण: हाँस, माकुरा, छेपारा,
६)  अन्तमा कीटनाशकको प्रयोग गर्ने जस्तै: मालाथियोन, डाईजिनन र फिपरोनिल बोरिक एसिड आदि। हालसालै, भारतमा १६ बर्ष पशचात सलह किराको प्रकोप बढ्दै गएको पुष्टि समेत गरिएको छ।  कृषि विज्ञ अनुसार भारत र पाकिस्ताको सिमानामा असमान मनसुन,भारी बर्षा, हिमपात र समुन्द्री साइकलोनको कारणले भयवित परिस्थिति सिर्जना भएको पुष्टि भएको छ। 
चित्र: किरा न्यूनीकरण विधी
तसर्थ उक्त किराको प्रकोप रोकथाम गर्न निम्ति अझै सशक्त वा गम्भिर तरिकाले समयअवधि भित्रै किसानको पिडा मरका बुझ्दै  सरोकारवाला निकायको ध्यानाकर्षण होस्। नत्र भने भोलि आउने दिनमा उक्त किराको प्रजनन् दर रोक्न मानवजीवनमा भयवित परिस्थिति खडा हुन सक्छ।  अर्थात खतराको घण्टी जतिबेला पनि बज्न सक्छ त्यसैले सकेसम्म हामी यसबाट एकदम बेलामै सचेत होऔँ। यसका साथसाथै मानवजीवन लगायत कृषि क्षेत्रमा ठूलो सङ्कट निम्तिने सम्भावना समेत देखिएको हुनाले गर्दा समयअवधि भित्रै उक्त सलह किरा बारे सम्वन्धित कृषि विज्ञको ध्यानाकर्षण होस्। 



Comments